कोकाकोलाले कोभिडको समयमा पाटन र वीर अस्पतालमा खटिएका गैरसरकारी संस्थालाई गर्‍यो सम्मान

२०७८ कात्तिक १० गते १५:१०
कोकाकोलाले कोभिडको समयमा पाटन र वीर अस्पतालमा खटिएका गैरसरकारी संस्थालाई गर्‍यो सम्मान


काठमाडौं। कोकाकोलाले कोभिडको समयमा पाटन र वीर अस्पतालमा खटिएका गैरसरकारी संस्थालाई सम्मान गरेको छ। धन्यवाद थिमको दसैं अभियानमा कोभिडका फ्रन्टलाइनरलाई कोकाकोलाले सम्मान गर्दै आएको छ।

TATA
GBIME

कम्पनीले आरएनए १६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलालाई सम्मान गरेको हो। कम्पनीले ती संस्थाका प्रतिनिधिलाई धन्यवाद उपहार बक्स हस्तान्तरण गरेको छ।

कार्यक्रममा कोकाकोलाकी ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का समेत सहभागी थिईन्। कार्यक्रममा स्वास्थ्य सेवाका लागि अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई समेत कृतज्ञता व्यक्त गरिएको थियो।

कार्यक्रममा वीर अस्पतालका प्राध्यापक डा भुपेन्द्रकुमार बस्नेतले कोभिड दोस्रो लहरमा वीर अस्पतालले दैनिक ३ सय ५० विरामीलाई सेवा गरेको बताए। बोटलर्स नेपालका प्रवन्ध निर्देशक प्रदीप पाण्डेले विगत डेढ वर्षको कठिन अवस्थामा समेत फ्रन्टलाइनरका कारण धेरै समस्या पार गर्न सकेको बताए।


Sunrise Bank