
काठमाडौं। बाढी पसेर तीन दिन देखि बन्द रहेको विराटनगर विमानस्थल शनिबार बाट खुल्ने भएको छ। बाढीका कारण इन्स्ट्रुमेन्ट फ्इट रुल्स अन्तर्गत विभीन्न उपकरणमा पानि पसेका कारण केही समयका लागि भिएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्र संचालन गर्ने योजना रहेको विमानस्थल प्रमुख उत्सव खरेलले बताए।
'तत्काल रात्रीकालिन उडान गर्न सकिँदैन। हाम्रो रनवे र पार्किङ लाइट परीक्षण गर्न बाँकी नै छ। यसमा केही समय लाग्ने देखिएको छ।' उनले भने।
यतिखेर विमानस्थलको धावनमार्ग, रनवे, ट्याक्सी वे, एप्रोन लगायतका क्षेत्रमा पानी सुकिसकेको उनले जानकारी दिए। 'अहिले हामी सरसफाज्ञ र उपकरण चेकजाँचमा लागिसकेका छौँ। पावर सप्लाइ दिएको ठाउँमा कुनै समस्या आएको छैन। रनवे लाइटको परिक्षण बाँकी छ।' उनले भने,'भोलिबाट भिएफआर फ्लाइट सुरु गर्ने योजनामा छौँ।'
दुई दिनदेखि विराटनगरमा अलपत्र रहेका बुद्ध र श्रीको जहाज बिहीबार काठमाडौं फर्काइएको उनले जानकारी दिए। चन्द्रगढीबाट दुवै कम्पनीका प्राविधीक आएर निरीक्षण गरेपछि जहाज काडठमाडौं पठाइएको उनले जानकरी दिए। उनका अनुसार यी दुवै जहाज बिहीबार ४:०० बजे यात्रुरहित काठमाडौं आएको हो।