अब विथहोल्डिङ एजेन्टले आफैंले विथहोल्डीको इ-टिडीएस गर्न सक्ने, यस्तो छ प्रकृया

बिजमाण्डू
२०७८ कात्तिक २ गते ११:३२ | Oct 19, 2021
अब विथहोल्डिङ एजेन्टले आफैंले विथहोल्डीको इ-टिडीएस गर्न सक्ने, यस्तो छ प्रकृया

काठमाडौं। आन्तरिक राजस्व विभागले इ-टीडीएस सम्बन्धि प्रणाली परिवर्तन गरेको छ। कर कार्यालय धाएर इ-टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैंले इ-टीडीएस गर्न सक्ने व्यावस्था मिलाएको हो।

Tata
GBIME
Nepal Life

विभागका अनुसार अब विथहोल्डीङ एजेन्टले विथहोल्डीको पान नम्बर पेश गर्न सक्नेछ। यसअघि इ-टीडीएस गर्न कर कार्यालयमा विथहोल्डीङ एजेन्टले निवेदन दिनुपर्थ्यो। यसले व्यावसायीहरुलाई समस्या सृजना गरेको थियो।

इ-टिडीएस समयमा नहुदाँ विथहोल्डीहरुलाई समयमा कर विवरण बुझाउन समेत समस्या रहेको  थियो। विभागले यो समस्या समाधान गर्नका लागि प्राणाली परिवर्तन गरेको हो।

 यसरी गर्न सकिनेछ इ-टीडीएस

यो प्रकृयामा प्रवेश गर्न सुरुमा विभागको वेवसाइटमा गएर ट्याक्सपेयर पोर्टलमा प्रवेश गर्नुपर्छ। सोपछि जेनरल मेन्युमा प्रवेश गरी हाल प्रयोग गरिरहेको पान, युजरनेम र पासवर्ड राख्नुपर्छ। यसपछि ‘एड विथहोल्डी पान इन इटीडीएस’मा प्रवेश गर्नुपर्नेछ। यसपछि एक टेबल देखिनेछ।

टेबलमा रहेको ट्रान्जेक्सन नम्बरमा सब्मिसन नम्म्बर उल्लेख गर्ने। यसमा पान नम्बर नभएका करदाताको मात्र विवरण देखिन्छ। एउटै विवरणमा धेरै करदाताको सुचि भएमा टीडीएस रकमको आधारमा पनि खोज्ने व्यावस्था गरिएको छ। यसपछि सर्च बटम थिच्नुपर्छ ।

पान कोलममा डबल क्लिक गरी पान नम्बर राख्ने। यदी एकभन्दा बढी पान नम्बर अपडेट गर्नु पर्ने भएमा पुन सो महलमा पान नम्बर राखी प्रत्येक पटक अपलोड बटम क्लिक गर्नुपर्छ। एउटा सब्मिसन नम्बरमा रहेको सबै करदाताको एकै पटक अपलोड गर्नु पर्दैन।

आंशिक रुपमा वा आवश्यकता अनुसार अपलोड गर्न सकिन्छ। यसरी पान नम्बर अपडेट गरेपछि स्वत सम्बन्धित करदाताको आय वर्ष २०७७/७८ को आय विवरणको अनुसुचि १० मा समावेश हुने विभागले जनाएको छ।