योजना आयोगका उपाध्यक्षले लिए सपथ, कोभिड र बाढीपहिरोको प्रभावमा केन्द्रित भई योजना बनाउने

बिजमाण्डू
२०७८ साउन १४ गते १२:३१ | Jul 29, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन्।

बिहीबार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्ने बताए।

उनले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी  काम गर्ने समेत बताए।

योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उनको भनाई छ।

उपाध्यक्ष पौडेलले भने, “कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ,त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा छ ।”

उनले  आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा समेत गरे।