एनटर्क सुपर स्क्वाड पब-जी प्रतियोगिता सम्पन्न, विजेताले जित्यो टीभीएस एनटर्क स्कूटर

बिजमाण्डू
२०७८ साउन ६ गते १२:०८ | Jul 21, 2021
एनटर्क सुपर स्क्वाड पब-जी प्रतियोगिता सम्पन्न, विजेताले जित्यो टीभीएस एनटर्क स्कूटर

Tata
GBIME

काठमाडौं। जीजीसीओद्वारा टीभीएस एनटर्क सुपर स्वाड एडिसनसँगको सहकार्यमा एनटर्क सुपर स्क्वाड पब-जी मोबाइल प्रतियोगिता २०२१ आयोजना गरेको छ।  

देशभरबाट ६ सय ६० भन्दा बढी टोलीले उक्त प्रतियोगितामा भाग लिएका थिए। २० दिनसम्म चलेको प्रतियोगिताको विजेता टोलीलाई टीभीएस एनटर्क स्कूटर पुरस्कार दिइएको छ। 

जगदम्बा मोटर्सले नेपाली गेमिङ क्षेत्रलाई विकास गर्नका लागि प्रतियोगितामा सहयोग गरेको जनाएको छ।

'कर्पोरेट कम्पनीले नेपालको इ-स्पोर्टस् प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाएको ठूलो कदम हो। यी टिमहरुलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्‍याएको छ,' जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने। 

फाइनलमा ६० मध्ये ४८ टिम प्रत्येक समूहमा १६ जना समावेश थिए पुगेका थिए। टोलीहरुलाई तीन समूह इन्भिन्सिबल रेड, कम्ब्याट ब्लू र स्टिल्थ ब्ल्याकमा विभाजन गरिएको आयोजकले जनाएको छ। 

प्रतियोगिताका तीन विजेताले टीभीएस एनटर्क सुपर स्क्वाड मार्बल थिम्स् एडिसन स्कूटरका तीन सिरिजहरु जितेको बताइएको छ। इन्भिन्सिबल रेड समूहबाट प्ले विथ पर्पोज (पीडब्लूपी), इ-स्पोर्टस् कम्ब्याट ब्लू समूहबाट डेडआइज् गाइज (डीइ) र स्टिल्थ ब्ल्याक समूहबाट द रियल सोल्जर्स (डीआरएस) विजेता भएको आयोजकले जनाएको छ।