राष्ट्रिय फ्रिक्वेन्सी रणनीति नयाँ आउने, मस्यौदा सार्वजनिक गर्दै एनटीएद्वारा सुझाव माग

बिजमाण्डू
२०७८ साउन ५ गते १४:२६ | Jul 20, 2021
राष्ट्रिय फ्रिक्वेन्सी रणनीति नयाँ आउने, मस्यौदा सार्वजनिक गर्दै एनटीएद्वारा सुझाव माग

Tata
GBIME

काठमाडौं। सरकारले राष्ट्रिय फ्रिक्वेन्सी रणनीति नयाँ ल्याउने भएको छ। यसका लागि मस्यौदा सार्वजनिक गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवालाको राय सुझाव मागेको छ।

प्रविधिको द्रुतत्तर विकास पछ्याउँदै फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित गर्न राष्ट्रिय फ्रिक्वेन्सी रणनीति आवश्यक भएको भन्दै प्राधिकरण यसलाई तयार गर्न जुटेको हो।  

प्राधिकरणले सरोकारवालालाई १५ दिनभित्र राय सुझाव, प्रतिक्रिया कार्यालयमा बुझाउन आग्रह गरेको छ। मस्यौदामा रेडियो फ्रिक्वेन्सी, स्पेक्ट्रम व्यवस्थापन र वायरलेस प्रविधिलाई समेटिएको छ। 

अहिलेको अवस्थामा फ्रिक्वेन्सीसम्बन्धी कानूनी प्रावधान, स्पेक्ट्रम व्यवस्थापन र प्रयोग, स्पेक्ट्रम रणनीतिको आवश्यकतालाई मस्यौदामा राखिएको छ। स्पेक्ट्रम ब्यान्डहरुको प्रयोगका साथै फाइभ-जी रोलआउटका विषय पनि रणनीतिमा समावेश गरिएको छ। 

यस्तो छ मस्यौदा