नाफाबाट कुन कुन बैंकले बाँडे साउन १ मै कर्मचारीलाई बोनस? नबिलले ५ महिनाको बोनस बाँड्दै

बिजमाण्डू
२०७८ साउन १ गते १४:०२ | Jul 16, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकिङ भित्र एउटा राम्रो 'जोक' छ- 'बैंकका कर्मचारी वर्षको दुई दिन मात्र खुसी देखिन्छन्।'

सुविधाबाट ऋण लिएका कारण तलब काट्टिएर आउँछ। त्यसैले उनीहरु अरुबेला खुसी हुँदैनन्।

तर, साउन १ गते र साधारणसभा सकिएको साँझ उनीहरु खुसी हुने गरेको बैंकिङ क्षेत्रका कर्मचारीबीच ठट्टा चल्छ।

कारण, बैंकहरुले अघिल्लो वर्षको हिसाबकिताब असार मसान्तमा सक्छन्। त्यसपछि अनुमानित नाफाका आधारमा केही बोनस साउन १ गते दिन्छन्। अनि बाँकी रहेको बोनस साधारणसभा सकेपछि दिन्छन्। त्यही भएर बैंकका कर्मचारी वर्षको दुई दिन खुसी हुन्छन् भन्ने 'जोक' स्थापित भएको हो।

आज साउन १ मा केही बैंकले कर्मचारीलाई बोनस बाँडेका छन्। केहीले भने अझै ब्याज उठाउने समय १३ दिन बाँकी रहेकाले त्यसपछि मात्र हाल्ने तयारी गरेका छन्। केहीले भने साधारणसभा सकेपछि दिने तयारी गरेका छन्।

प्राप्त जानकारी अनुसार, आज नबिल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआइ बैंकले नाफाबाट कर्मचारीलाई बोनस बाँड्ने भएका छन्।

नबिल बैंकले पाँच महिनाको बाँड्दैछ भने नेपाल बंगलादेश, कुमारीले ३/३ महिनाको बाँड्दैछन्।