‘फोर्स गुर्खा’को नयाँ संस्करण अगस्टमा आउने, महिन्द्रा थारसँग प्रतिस्पर्धा, कति पर्ला मूल्य

बिजमाण्डू
२०७८ असार ४ गते १३:४० | Jun 18, 2021
‘फोर्स गुर्खा’को नयाँ संस्करण अगस्टमा आउने, महिन्द्रा थारसँग प्रतिस्पर्धा, कति पर्ला मूल्य

Tata
GBIME
Nepal Life

फोर्स मोटर्सले आउँदो अगस्टमा 'फोर्स गुर्खा'को नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ।

आफ्नो नयाँ अफरोड एसयुभीले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ। फोर्स भारतीय सवारी निर्माता कम्पनी हो।

२०२० को अटो एक्सपोमा प्रदर्शनीमा राखिएको यो बीएस-६ मापदण्डको एसयुभी २.६ लिटर डिजल इन्जिनयुक्त रहेको कम्पनीले जनाएको छ। पाँच स्पिड गियरबक्स जडान गरिएको यो गाडीमा अधिकतम ८९ ब्रेकिङ हर्स पावर क्षमता रहेको जनाइएको छ।

अल व्हिल ड्राइभ सिस्टम जडान गरिएको कारण यो गाडी साहसिक यात्राका लागि बहुउपयोगी रहेको कम्पनीको जिकिर छ।  

बाहिरी डिजाइन कोल्ड कन्सेप्टमा गरिएको यो गाडीमा एलइडीसहितको सर्कुलर हेडल्याम्प, डेटाइम रनिङ लाइट, फ्रन्ट फेण्डरमा इन्डिकेटर, टेलगेट-माउन्टेड स्पेयर व्हिल जडान इत्यादि रहेको कम्पनीले जनाएको छ।

नयाँ संस्करणको अफरोड एसयुभी यो गाडीमा न्यू टच स्क्रिन सिस्टम, सेकेण्ड रोमा क्याप्टेन सिट लगायत विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।   

गाडीको क्याविन अल ब्ल्याक ड्यासबोर्ड अवधारणमा डिजाइन गरिएको छ भने  ट्राइ स्पोक स्टेरिङ व्हिल जडान गरिएको छ।

दुई महिनापछि सार्वजनिक हुने यो गाडी मूल्यबारे भने अहिले खुलाइएको छैन ।