पाँच महिनापछि एमआई-८ हेलिकोप्टर लिन किर्गिस्तानबाट आइपुगे चालक, एक सातामा फिर्ता लैजाने

बिजमाण्डू
२०७८ असार ३ गते १३:०८ | Jun 17, 2021
पाँच महिनापछि एमआई-८ हेलिकोप्टर लिन किर्गिस्तानबाट आइपुगे चालक, एक सातामा फिर्ता लैजाने


काठमाडौं। पाँच महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमै थन्क्याएर राखिएका दुईवटा एमआई-८ सिरीजका हेलिकोप्टर लिन किर्गिस्तानबाट चालक दल काठमाडौं आइपुगेका छन्।

Tata
GBIME
Nepal Life

यो हेलिकोप्टर एक सातामा लग्नका लागि थप तीनजना चालक दल नेपाल आइसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

यसअघि चालकदलका अरु चारजना नेपाल आइसकेका थिए। हेलिकोप्टर मर्मत गरेलगत्तै लैजाने तयारी रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

किर्गिस्तानको उड्डयन प्राधिकरणले अबको सात दिनमा जहाज फिर्ता लिएर जानका लागि पत्राचार गरेको छ। प्राधिकरणले सोहीअनुसार यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी गराइसकेको छ ।

किर्गिस्तानको हेलिस्काई कम्पनीको एमआई-८ सेरिजका दुई हेलिकोप्टर पाँच महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण भएका थिए । त्यसयता यी दुवै हेलिकोप्टर टिआइएकै पार्किङमा राखिएका छन्। 

क्याप्टेन ख्रामुसीन एण्ड्रे र कयाप्टेन अबदुल्लेइभ एमिल्टी लगायत दुई पाइलटले यी हेलिकोप्टर उडाएर नेपाल ल्याएका हुन् । इएक्स-४०००७ र इएक्स-०८०२३ आइडेन्टिटी नम्बर रहेका यी दुवै हेलिकोप्टरको उत्पादन सन् १९९१-०३-०३ र सन् १९९१-०४-११ भएको हो।