तरलता अभाव भएसँगै सेयर बजारमा करेक्सन, कारोबार रकम खुम्चिएर १६ अर्बमा सीमित

बिजमाण्डू
२०७८ असार १ गते १५:५८ | Jun 15, 2021
तरलता अभाव भएसँगै सेयर बजारमा करेक्सन, कारोबार रकम खुम्चिएर १६ अर्बमा सीमित


काटमाडौं। बैंकिङ तरलतामा उच्च चाप परेको खबर बाहिरिएसँगै सेयर बजारमा करेक्सन देखिएको छ।

Tata
GBIME

लगातार उच्च रकमको कारोबार भइरहेको सेयर बजारमा सूचक संगै कारोबार रकममा पनि गिरावट देखिएको छ। दैनिक २० अर्ब रुपैयाँ सम्मको सेयर किनबेच भइरहेको बजारमा मंगलबार साढे १६ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।

सुरुवाती समयमा बढेर ३०६४ अंक भन्दा माथि पुगेको नेप्से सूचक बन्द हुँदा भने करिब ४ अंकले घटेर ३०२२ बिन्दुमा बन्द भएको छ।

सिइडिबी हाइड्रोपावर, खानीखोला र युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेपनि १५० बढी कम्पनीको सेयर मूल्य घटेपछि बजार रातो भएर बन्द भएको हो।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड रुपैयाँको सेयर किनबेच हुँदा एचआइडिसिएलको ५२ करोड, हिमालयन डिष्टिलरीको ४२ करोड, अरुण भ्याली र नेशनल हाइड्रोको समान ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

एचआइडिसिएल र नेशनल हाइड्रोपावरको १०/१० लाख कित्ता भन्दा बढी सेयर किनबेच भएको छ। २२६ कम्पनीको करिब तीन करोड १० लाख कित्ता सेयर १६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएका छन्।

अधिकांस उपसमूह रातो भएको बजारमा विकास बैंकको सूचक सर्वाधिक २२२ अंकले घटेको छ।

हाइड्रोपावर ९० र फाइनान्स समूह ८६ अंकले घटेको छ।

बढ्ने उपसमूहमा अन्य समूह सर्वाधिक ९० अंकले बढेको छ। उत्पादन समूह ७२ र होटल ५८ अं‌कले बढेको छ।