उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट खुकुलो : होटल रेस्टुरेन्टले टेकअवे सेवा सञ्चालन गर्न पाउने

बिजमाण्डू
२०७८ असार १ गते ०८:५४ | Jun 15, 2021

Tata
GBIME

काठमाडौं। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।

यसअघि खाद्यान्न, फलफुल, तरकारी, दुध तथा माछामासुको पसलहरुलाई बिहान ११ बजेसम्मको लागि खोल्न अनुमति दिइएको थियो। निर्माण सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने छन्।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो।

खुकुलो बनाइएको निषेधाज्ञामा के सञ्चालन गर्न पाइने, के नपाइने?