पब-जी दक्षिण एसिया प्रतियोगिताको शीर्ष स्थानमा नेपाली टिम डीआरएस गेमिङ, विजेताले ४६ लाख जित्ने

बिजमाण्डू
२०७८ जेठ २८ गते १५:०४ | Jun 11, 2021
पब-जी दक्षिण एसिया प्रतियोगिताको शीर्ष स्थानमा नेपाली टिम डीआरएस गेमिङ, विजेताले ४६ लाख जित्ने

Tata
GBIME

काठमाडौं। नेपाली पब-जी टिम डीआरएस गेमिङ पब-जी मोबाइल प्रो लिज दक्षिण एसिया च्याम्पियनसिप २०२१ को पहिलो दिनको खेलपछि शीर्ष स्थानमा पुगेको छ। 

६ वटा खेलबाट ३८ किल हासिल गर्दै डीआरएस गेमिङ १०३ पोइन्टसहित पहिलो स्थानमा छ। मंगोलियाको अस्त्र एकेडेमी ९८ अंकसहित दोस्रो स्थानमा छ। 

६२ अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा रहेको डेडआइज गाइजमा ६ खेलाडीमध्ये पाँच जना नेपालका छन्। एक जना भने बंगलादेशका छन्।

नेपाली खेलाडीहरु नै रहेको पीएस क्रू ५३ अंकसहित सातौं स्थानमा छ भने ३९ अंकसहित नवौं स्थानमा नेपाली टिम हाइभोल्टेज छ। 

यस्तै, नेपाल, बंगलादेश र श्रीलंकाका खेलाडी सम्मिलित टिम सेभेन सी स्पोर्ट्स् ३४ अंकसहित १० औं स्थानमा रहेको छ। नेपाली टिम ट्रेन्ड टू किल २६ अंकसहित ११औं स्थानमा रहेको छ। प्रतियोगिताका दक्षिण एसियाका विभिन्न १६ टिमको सहभागिता रहेको छ।

कुल एक लाख ५० हजार अमेरिकी डलर (एक करोड ७५ लाख रुपैयाँ) पुरस्कार राशिको उक्त प्रतियोगितको विजयी टिमले ४० हजार डलर (४६ लाख ७३ हजार रुपैयाँ) हात पार्ने छ।

दोस्रो हुनेले २८ हजार (३२ लाख ७१ हजार रुपैयाँ), तेस्रोले १८ हजार (२१ लाख रुपैयाँ) र चौथोले १० हजार अमेरिकी डलर (११ लाख ६८ हजार रुपैयाँ) हात पार्ने छन्। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले दुई हजार डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।