
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथि सुनुवाइ गर्न जबराले आइतवार वरिष्ठतम न्यायाधीश राखेर इजलास गठन गरेका छन्।
प्रधानन्यायाधीश जबराको नेतृत्वमा दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।
यसअघि तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि शेरबहादुर देउवा निवेदक रहेको मुद्दाका कानुन व्यवसायीले प्रश्न उठाएपछि भंग भएको थियो। उक्त इजलासले ९ रिटमा प्रारम्भिक सुनुवाइ गरेको थियो।