भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित, अब हुनुभन्दा १५ दिनअघि सूचना जारी गर्ने

बिजमाण्डू
२०७८ जेठ ७ गते १२:४६ | May 21, 2021
भन्सार एजेन्ट छनोटको लिखित परीक्षा स्थगित, अब हुनुभन्दा १५ दिनअघि सूचना जारी गर्ने

काठमाडौं। भन्सार विभागले भन्सार एजेन्टको परीक्षा स्थगित गरेको छ। विभागले जेठ २२ गतेका लागि तोकेको लिखित परीक्षा स्थगित गरेको हो।

Tata
GBIME
Nepal Life

विभागले चैत १६ गते सूचना जारी गरी जेठ २२ गते भन्सार एजेन्ट छनोटको लिखित परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। कोभिड संक्रमणको वृद्धिसँगै लिखित परीक्षा लिन नसकेको विभागले जनाएको छ। अर्को परीक्षा मिति टुंगो हुनुभन्दा १५ दिन अघि सूचना जारी गर्ने विभागको भनाइ छ।

विभागले करिब २० वर्षपछि ६ सय ६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरेको हो। भन्सार बिन्दुमा मालवस्तु जाँचपासका लागि एजेन्टले काम गर्ने गर्छन्। यो परीक्षामा भाग लिनका लागि स्नातक तह उत्तीर्ण गरि ३ महिना कम्प्युटर तालिम लिएका व्यक्ति योग्य हुने प्रावधान राखिएको छ।

एक सय पूर्णाङ्कको लिखित परीक्षा र अन्तर्वार्तामा पास भएपछि ७ लाख धरौटी राखी एजेन्ट लाइसेन्स लिन सकिने व्यवस्था रहेको छ।