डेपुटी गभर्नरको सम्पति विवरण: अनुत्पादक भन्दै घरजग्गामै लगानी, मिश्र र ढुंगानासँग कति सम्पति?

बिजमाण्डू
२०७८ बैशाख १५ गते ०८:३२ | Apr 28, 2021
डेपुटी गभर्नरको सम्पति विवरण: अनुत्पादक भन्दै घरजग्गामै लगानी, मिश्र र ढुंगानासँग कति सम्पति?

Tata
GBIME

काठमाडौं। जग्गा जमिनलाई अनुत्पादक भन्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुको ठूलो लगानी घरजग्गामै देखिएको छ।

नवनियुक्त डेपुटी गभर्नरहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार, उनीहरुको ठूलो लगानी घरजग्गामै देखिएको छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पनि ठूलो लगानी घरजग्गामै छ। उनले अघिल्लो वर्ष सम्पति विवरण सार्वजनिक गरेका थिए।

यसबाहेक सुनचाँदी, विभिन्न कम्पनीका सेयर, बैंक निक्षेप रहेको छ। 

डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनासँग काठमाडौंलगायत झापामा घरजग्गा छ। यसबाहेक उनीसँग नगद छ। विभिन्न कम्पनीको सेयरहरु पनि छ। उनीसँग ५० तोला सुन छ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रसँग काठमाडौंका साथै झापामा घरजग्गाजमिन छ। उनीसँग पनि नगदका साथै सुनचाँदी छ। निलमसँग सवारी साधन भए पनि मिश्रले विवरणमा सवारी साधन नभएको खुलाएका छन्। उनीसँग केही ऋण पनि छ।

पैत्रिक, कमाएर उनीहरुले घरजग्गा जोडेको जनाएका छन्। उनीहरुले कमाएको पैसा जग्गा जमिनमै खर्चिएको विवरणमा देखिन्छ।