निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासकाे यथावत, कति पुग्यो अब पेट्रोलको भाउ?

बिजमाण्डू
२०७८ बैशाख ४ गते २३:४८ | Apr 17, 2021
निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यासकाे यथावत, कति पुग्यो अब पेट्रोलको भाउ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Tata
GBIME
Nepal Life

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ।

निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।