लगातार तीन दिन सम्म बढेको सेयर बजारमा झिनो अंकको करेक्सन, सात अर्ब बढीको कारोबार

बिजमाण्डू
२०७७ चैत्र २५ गते १५:५३ | Apr 7, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। यो साता लगातार तीन दिन सम्म हरियो भएको सेयर बजार बुधबार भने झिनो अंकले रातो भएको छ। बुधबार  नेप्से परिसुचक २ अंकले घटेर २६७१ बिन्दुमा बन्द भएको छ। कारोबार रकम पनि सामान्य घटेर सात अर्ब २६ करोड रुपैयाँको भएको छ।

कारोबारमा आएका २१५ कम्पनीले ७६ हजार कारोबारबाट एक करोड ६५ लाख कित्ता सेयर सात अर्ब २६ करोड रुपैयाँमा किनबेच भएका छन्।

बुधबार कारोबारमा आएका अधिकांश उपसमूह ओरालो लागेका छन। सर्बाधिक उकालो लाग्ने उपसमुह मध्ये होटल तथा पर्यटन  उपसमुह २३२ अंकले उकालो लागेको छ। माइक्रो फाइनान्स उपसमुह १०७ अंकले उकालो लागेको छ। विकास बैंकउपसमुह  ४० अंकले उकालो लागेको छ भने  बैंकिङ उपसमुह  ५ अंकले उकालो लागेको छ। 

सबैभन्दा बढि निर्जिवन बीमा समुह २०१ अंकले ओरोलो लागेको छ भने जीवन बीमा उपसमुह १०६ अंकले ओरालो लागेको छ। बुधबार ८७ कम्पनीको मुल्य घटेको छ। ७७ कम्पनीको मुल्य बढेको छ भने १५ कम्पनीको मुल्य स्थिर छ।

सर्वाधिक मुल्य बृद्धि हुनेमा महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, चन्द्रागिरि हिल्स, रिलायन्स फाइनान्स र युनिभर्सनल पावर को सेयर मुल्य करिब १०/१० प्रतिशतले बढेको छ।

सबैभन्दा गुमाउनेमा रैराङ हाइड्रोपावरको ७ प्रतिशतले र युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६ प्रतिशतले मुल्य घटेको छ।सबैभन्दा बढि कारोबार गर्नेमा  निफ्राको २८ करोड, चिलिमे हाइड्रोपावरको २२ करोड,  छिमेक लघुवित्तको १९ करोड,  वोमी माइक्रो फाइनान्सको १८ करोड रुपैयाँ र नेपाल टेलिकमको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।