समता र घरेलु लघुवित्त बैशाख २ गतेबाट एक हुँदै, नयाँ नाम समता घरेलु लघुवित्त बित्तीय संस्था

बिजमाण्डू
२०७७ चैत्र २५ गते ०८:५४ | Apr 7, 2021

Tata
GBIME

काठमाडौं। समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था गाभिएर बैशाख २ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन्। गाभिएपछि संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ।

राष्ट्र बैंकले दुबै संस्थालाई गाभिनका लागि गत १० गते अन्तिम स्वीकृत दिएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयले पनि १९ गते स्वीकृति दिइसकेको छ। 

बैशाख २ गतेबाट एकिकृत कारोबार हुने भएकाले चैत ३१ गतेका दिन तथ्याङ्क प्रबिष्टीका लागि दुबै संस्था बन्द हुने छन्। गत असार १ गते मर्जरका लागि सहमति भएको थियो।

केन्द्रीय कार्यालय बनेपा रहने छ। समताको १०० बराबर घरेलुको ८० कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात मिलाइएको छ। मर्जरपछि चुक्ता पुँजी २६ करोड १४ लाख रुपैयाँ हुनेछ। 

समताले २४ वटा शाखा कार्यालयमार्फत करिब ३७ हजार ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको छ। कुल लगानी १ अर्ब ६६ करोड रुपैयाँ छ। निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैयाँ छ। 

घरेलुको १३ वटा शाखा तथा ६ हजार सदस्य छन्। लगानी २१ करोड १७ लाख, निक्षेप संकलन ४ करोड ३५ लाख रुपैयाँ छ।