स्प्राइटको रिफ्रेस म्याक्स, मोबाइल टाइम चिल्याक्स अभियान, ‘ग्याजेट्स प्रयोगको तनावमुक्ति’

बिजमाण्डू
२०७७ फागुन १० गते १३:५७ | Feb 22, 2021
स्प्राइटको रिफ्रेस म्याक्स, मोबाइल टाइम चिल्याक्स अभियान, ‘ग्याजेट्स प्रयोगको तनावमुक्ति’

Tata
GBIME
Nepal Life

काठमाडौं। कोकाकोलाको लेमन-लाइम पेय पदार्थ स्प्राइटले 'रिफ्रेस म्याक्स, मोबाइल टाइम चिल्याक्स' अभियान घोषणा गरेको छ। 

अभियानले उपभोक्ताहरूलाई विद्युतीय ग्याजेट्सका स्क्रिनमा बिताउने समय सरल तरिकाले रिफ्रेस रहन प्रेरित गर्ने कम्पनीले जनाएको छ। स्मार्टफोनको साथ आराम गर्न कोसिस गर्दै त्यस दौरान आउने झन्झटहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा केन्द्रित हुने कोकाकोलाले जनाएको छ। 

स्क्रिनमा भुल्लिएको समयमा दिक्क लगाउने कारणहरू हुन सक्छन्। नोटिफिकेसन पपअपका साथै मोबाइलमा गुन्जने साथी तथा परिवारको म्यासेज, इमेल, मोबाइल अपडेट वा विभिन्न एपहरूबाट अनियमित सूचनाहरू आउन सक्छन्। स्प्राइटको यस अभियानले स्क्रीनमा भुल्लिएको समयमा अवरोधहरुबाट दिक्दार नभइ स्प्राइटको चिसो, क्रिस्प र लेमन-लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त बनाउने दाबी कम्पनीको छ। 

अभियानको बारेमा कोकाकोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, 'नयाँ स्प्राइट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्या छ। हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहेका छौं।'