सिटिजन्स बैक र पेलेस एप्सबीच सम्झौता, ४५० आउटलेटमा बैंकको कार्ड बोक्नेलाई विशेष छुट

बिजमाण्डू
२०७७ फागुन ७ गते १५:१० | Feb 19, 2021
सिटिजन्स बैक र पेलेस एप्सबीच सम्झौता, ४५० आउटलेटमा बैंकको कार्ड बोक्नेलाई विशेष छुट

Tata
GBIME

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र पेलेस एप्सबीच समझदारी भएको छ। बैकका कार्डबाहकहरुलाई विशेष छुट दिन समझदारी भएको हो।

बैंकका कार्डबाहकले पेलेस एप्ससँग आबद्ध ४५० भन्दा बढी आउटलेटहरुमा विशेष छुट पाउने छन्। अहिलेसम्म सिटिजन्स बैंकको कार्ड नहुनेहरुलाई बैंकले तत्कालै उपलब्ध गराउने भएको छ।

बैंकका देशभर १०९ वटा शाखा छन्। ९८ वटा एटीएम र १०७ वटा  शाखारहित बैंकिङ इकाइ छन्। 

बैंकले स्क्यान एण्ड विथड्र सेवा पनि सुरु गरेको छ।