निफ्राको पुँजीकरण एक खर्ब नाघ्यो, ‘बल्क’ मा भेटिन थाल्यो, एक पटकमा नौ हजार कित्तासम्म

बिजमाण्डू
२०७७ फागुन ६ गते ११:२४ | Feb 18, 2021
निफ्राको पुँजीकरण एक खर्ब नाघ्यो, ‘बल्क’ मा भेटिन थाल्यो, एक पटकमा नौ हजार कित्तासम्म

Tata
GBIME

काठमाडौं। सूचीकृत भएपछि निरन्तर बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बजार पुँजीकरण एक खर्ब नाघेको छ। आइतबारबाट कारोबार सुरु भएको बैकको सेयर मूल्य बिहीबार ४९ रुपैयाँ बढेर ५४६ रुपैयाँमा उक्लिएको छ।

सर्वसाधारणको ८ अर्बसहित कुल २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बजार पुँजीकरण एक खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। बजारमा बैंकको सेयर बिक्रीमा राख्नेबित्तिकै उठिहाल्ने गरेको छ। खरिदकर्ताको माग उच्च रहेको छ। यही कारण मूल्य बढिरहेको हो।

कम्पनीको सेयर ३४० रुपैयाँबाट कारोबार सुरु भएको हो। हरेक दिन १० प्रतिशतका दरले बढेर पाँचौ दिन ५४६ रुपैयाँ पुगेको हो। अब नेप्सेमा एक खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण हुनेमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआइसी एसिया र ग्लोबल आइएमइ बैंकपछि निफ्रा भएको छ।

कम्पनीको सेयर अब बल्कमा उपलब्ध हुन थालेको छ। सबैलाई ५० सम्म र बढीमा ६० कित्तासम्म वितरण गरिएको थियो। बिहीबार दोस्रो बजारमा एउटै कारोबार ९ हजार कित्तासम्मको भएको छ। ५ हजार कित्तामाथिका कारोबार धेरै पटक भइरहेको छ।