किर्गिस्तानबाट आएको दुई हेलिकोप्टरका चालकदल नै गायब, दुई साता पार्किङको समय बढाउन प्रस्ताव




काठमाडौं। किर्गिस्तानबाट एक साता अघि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको रहस्यमयी हेलिकोप्टरका चालक दल नै गायब भएका छन्।

चालक दल नभएको भन्दै किर्गिस्तानको उड्डयन प्राधिकरणबाटै दुई साता नेपालमै राख्न प्रस्ताव गरेको छ। विमानस्थल स्रोतका अनुसार दुवै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेशिया पुगिसकेका छन्। जनवरी २९ तारिखसम्मका लागि पार्किङ समयावधि बढाइदिन आग्रह गरेको प्राधिकरणका एक अधिकारीले बताए।

TaTa
Sunrise Bank
TVS

चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। 'प्राधिकरणले चालकदललाई बोलाएर हेलिकोप्टर फिर्ता पठाउने प्रयास गरे पनि पनि उताबाट प्रक्रियामा रहेको जानकारी आएको छ,' ती अधिकारीले भने। प्राधिकरणले किर्गिस्तानको प्रस्तावलाई स्वीकार गर्दै पार्किङको समयाअवधि बढाएको छ।

३० वर्ष पुरानो हेलिकोप्टर किर्गिस्तानको 'हेलि स्काइ' कम्पनीले इण्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ। दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने गरेको स्रोतले जनाएको छ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार एक दशक अघिदेखि उडान सञ्चालन अनुमति पत्र (एओसी) रद्द भइसकेको एक कम्पनीले एमआइ सिरिजकै हेलिकोप्टरबाट उडान सुरु गर्नका लागि पुनः एओसी प्रक्रिया सुरु गर्ने तयारी गर्दै आएको छ।

नेपालमा पार्किङ अवतरणका लागि हेलि स्काइले गत डिसेम्बरको तेस्रो सातादेखि नै पत्राचार गरेको थियो। हेलिकप्टर टेक्निकल अथवा ओभरफ्लाइका लागि अवतरण गरिने मुलुकका लागि कम्पनीले आधिकारिक एजेन्ट छनोट गरेको थियो। तर छनोट भएका तीन वटै एजेन्टको कामबारे प्रष्ट नभएको पत्र पठाइएको थियो।

गत डिसेम्बर ३० मा हेलि स्काइले पठाएको संसोधित निवेदनलाई मध्यनजर गर्दै प्राधिकरणले जनवरी १ मा कम्पनीको दुई वटा हेलिकोप्टरलाई नेपालमा अवतरणका लागि अनुमति दिएको थियो। किर्गिस्तानको 'किर्गिज रिपब्लिक' सडक तथा यातायात मन्त्रालय अन्तर्गत नागरिक उड्डयन समिति (सिभिल एभिएसन एजेन्सी) को सिफारिसमा उक्त पत्र आएको थियो।


Share this Story

   

Jog Rana[ 2021-01-18 05:04:15 ]
Hati jany tham ma jabo 2 machay


Raju Manandhar[ 2021-01-17 12:02:10 ]
हाेईन यी दुई ड्राईभरहरू कता गएछ 😁😁😁


Dhanu Darlami[ 2021-01-18 02:23:36 ]
ghum na gayo hola


Maksud Ansari[ 2021-01-17 10:50:57 ]
के भयो होलान् ? कहाँ गए ?


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell