हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता, गाडी किन्दा सहुलियत दरमा कर्जा दिने

बिजमाण्डू
२०७७ पुष २९ गते १५:५० | Jan 13, 2021
हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता, गाडी किन्दा सहुलियत दरमा कर्जा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्रविक्रम शाह र सिप्रदीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे।

सम्झौतापछि सिप्रदीबाट टाटाको गाडी किन्दा हिमालयनले सहुलियत दरमा कर्जा दिनेछ। बैंकका ७० वटा शाखाबाट कर्जा दिने विज्ञप्तिमा उल्लेख छ।