सामान आयात गर्दा बीमा र ढुवानीमा नेपाली कम्पनीलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकको निर्देशन

बिजमाण्डू
२०७७ पुष २८ गते १६:४७ | Jan 12, 2021
सामान आयात गर्दा बीमा र ढुवानीमा नेपाली कम्पनीलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकको निर्देशन

Tata
GBIME

काठमाडौं। सामान आयात गर्दा सकेसम्म नेपाली बीमा कम्पनीबाट बीमा गराउनु पर्ने पुरानो ब्यवस्थामा राष्ट्र बैंकले ढुवानी सेवा पनि थप गरेको छ। 

राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकबाट 'सीआइएफ' बाहेककका मूल्यमा प्रतितपत्र मार्फत आयात गर्दा सकभर नेपाली बीमा कम्पनीका साथै ढुवानी कम्पनी पनि नेपाली नै प्रयोग गर्न भनेको छ। यसअघि बीमा मात्र समेटिएको थियो।

मंगलबार पुरानो नीति सामान्य परिमार्जन गर्दै 'संभव भएसम्म नेपालीलाई प्राथमिकता दिनु' भनिएको छ।

विदेशी बिनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले नेपाली बीमा र ढुवानी कम्पनीलाई काम दिनका लागि यस्तो ब्यवस्था गरिएको बताए। उनले 'संभव भएसम्म' भन्ने शब्द ठूलो आकारको आयातका कारण भनिएको बताए।

'१२/१३ खर्बको आयात हुन्छ। यो आयात धान्ने क्षमता हाम्रा ढुवानी कम्पनीसँग नहुन सक्छ' उनले भने, 'त्यही भएर संभव भएसम्म भनिएको हो।'