काठमाडौं। निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको गेटलाई सुरक्षित बनाउन जर्मन कम्पनी फिचनरका विज्ञहरुले सुझाव दिएका छन्।
डिसेम्बर १७,१८ र १९ मा चार जना विज्ञहरुले सुरुङमार्गका संरचनाहरु आएर हेरेका थिए।
उनीहरुले सुरुङमार्ग भित्रका सबै संरचना हेरेर आफूसँग भएका उपकरणबाट त्यसको जाँच पनि गरेका थिए। सुरुङमार्गभित्रै पसेर संबै संरचनाहरु हेरेपछि उनीहरुमा एउटा प्रारम्भिक प्रतिवेदन दिएका छन्। उक्त प्रतिवेदनमा गेटमा इमर्जेन्सी उपकरणहरु जडान गरेर सुरक्षित बनाउन सुझाइएको स्रोतले बताएको छ।
स्रोतका अनुसार उनीहरूले आयोजनाका पदाधिकारीलाई सोधेका थिए -'कुकर देख्नु भएको छैन? प्रेसर थेग्ने त्यसको जस्तो सेफ्टी बल गेटमा राख्नु पर्दैन?' पानीको प्रेसर बढी हुँदा गेटलाई थाम्न सेफ्टी बलले सघाउँछ। तर, मेलम्चीमा डिजाइन गरिएका अडिट टनेलका गेटमा त्यस्तो बल राखिएको छैन।
सुरुङमार्गको माथिल्लो सतहमाथि १२ सयमिटर उचाइसम्मको पहाड छ। ती पहाडका केही स्थानहरुमा पानी छ। अहिले सुरुङमार्गका गेटहरु ५२ मिटर प्रेसर थाम्ने गरि निर्माण भएका छन्। यदि ठुलै भूकम्प गए वा कुनै समस्या आएर उक्त पानी सुरुङमार्गमा पसे गेटहरुले थाम्न सक्दैनन्।
परीक्षणकै क्रममा गत असारमा जस्तै गेट फुस्किएर दुर्घटना हुन सक्ने भन्दै इमर्जेन्सीका उपकरणहरु राख्न सुझाएका हुन्। खाना पकाउन प्रयोग गरिने प्रेसर कुकरमा जस्तै सेफ्टी बल राख्न सुझाएका छन्। आयोजनाका एक प्राविधिकले भने 'कुकरमा धेरै प्रेसर पर्दा सेफ्टी बल फुट्छ। जसले कुकर फुट्नबाट जोगाउँछ। यस्ता इमर्जेन्सी उपकरणले गेट फुस्किनबाट रोक्ने प्रतिवेदनमा उल्लेख छ।'
तीनवटा अडिट र सुन्दरी जल आउटलेटगरि चारवटा गेट सुरुङमार्गसँग जोडिएका छन्। उनीहरुले गेट नै काटेर बीच भागतिर राख्न प्रतिवेदनमा भनेका छन्। मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भने 'गेट काटेर राख्न समय लाग्छ। यो एउटा कठिन काम पनि हो।' गेटमुनी वास आउट पाइप राखिएको छ। त्यसैको मुखमा प्रेसर रिलिज गर्न सेफ्टी राख्ने विषयमा छलफल भएको उनले बताए।
त्यस्तै वीप होल (weap) को साइज सानो भएकाले संख्या बढाउन वा साइज नै बढाएर राख्नसमेत जर्मन प्राविधिकले भनेका छन्। यो सुरुङमार्गभित्र र बाहिरको पानीको प्रेसर मिलाउनका लागि प्रयोग गरिन्छ। यो सुरुङको भुइँ तथा माथिल्लो सतहमा राखिएको हुन्छ।
पन्तका अनुसार अहिले कम्पनीका प्रतिनिधीले सुरुङमार्गको डिजाइन लिएर गएका छन्। उनीहरुले फ्रेब्रुअरीमा प्रतिवेदन दिनेछन्।
'अहिले प्रारम्भिकमा सुरक्षाको सामान्य विषय मात्र छ। ठूलो समस्या छैन। उनीहरुले प्रतिवेदन दिएपछि त्यसमा छलफल गरेर अघि बढ्छौं,' उनले भने,'कुनै समस्या नदेखिए तत्कालै परीक्षण सुरु हुन्छ। यदि देखिए त्यस अनुसार काम गरेर मात्रै परिक्षण गर्न सकिन्छ।' प्रतिवेदन पाएपछि त्यसमाथि छलफल गरेर मात्रै अघि बढ्ने तयारी आयोजना छ।
यस अघि सामान्य कुरामा ध्यान नदिँदा दुर्घटना भएको भन्दै विज्ञ झिकाएर आयोजना हेर्न लगाइएको हो। गत असारमा सुरुङमा पानी परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएको थियो। भित्रबाट खोल्न मिल्नेगरी डिजाइन गरिएको गेट सजिलोका लागि बाहिरैबाट खोल्न मिल्नेगरी राखिएपछि पानीको प्रेसर थाम्न नसकेर फुस्किएको थियो।
पुन: त्यस्तो दुर्घटना नदोहोरियोस् भनेर विज्ञलाइ देखाइएको हो। खानेपानी मन्त्रालयको प्रस्तावमा एसियाली विकास बैक( एडीबी)ले जर्मन प्राविधिक पठाइदिएको हो। अहिले निर्माणको काम जारी छ।
अम्बाथान र सिन्धु अडिटको गेट जडान भइसकेको छ भने ग्याल्थुम र सुन्दरीजलको जडान बाँकी छ। मर्मतको काम गर्नुपरे सामान लैजानुपर्ने भन्दै जडान बाकी राखिएको हो। जर्मन कम्पनीले प्रतिवेदन दिएपछि काम सुरु हुनेछ। हेड वर्क्स अन्तिम चरणमा निर्माण भइसकेको छ।
कंक्रिटिङको काम सकेर गेट जडानको काम गर्ने तयारी भइरहेको छ। हेडवर्क्स तयार नभएकाले अब पानी हाल्दा पनि अस्थायी कफर ड्यामबाट हाल्ने योजना रहेको पन्तले बताए।
कम्पनीले फागुनसम्ममा प्रतिवेदन दिनेछ। त्यसपछि परीक्षण सुरु हुनेछ। दुई महिना परीक्षणका लागि लाग्नेछ। कुनै डिफेक्ट नदेखिएमा मात्र बैशाखमा पानी पथान्तरण गर्न सकिनेछ। समस्या देखिएमा निदानका लागि काम गर्नुपर्नेछ। चैतमा परीक्षण सके बैशाखबाट पानी स्थायी पथान्तरण गर्न सकिने पन्तले बताए।
यो संगै कालाकुल राजधानीबासीको मेलम्ची सपना अर्को वर्षका लागि सरेको छ। कुनै समस्या नआए मात्रै बैशाखमा पानी झर्ने प्राविधिक बताउँछन्। तर बैशाखमा पनि पानी झार्न चुनौतीपूर्ण छ। आयोजनाले फेरि भाका सार्दै पानी झार्ने मिति २०७८ बैशाख पुर्याएको छ।
Ram Rauniyar[ 2021-01-10 03:56:04 ]
सबै प्रेसर नेताहरु को भँुडी मा गएर जम्मा भइसकेको छ । २५ बर्ष देखि त पटक पटक बलात्कार भएको अायोजना को नाम मेलम्ची खानेपानी आयोजना ।
Babulal KB Tamang[ 2021-01-11 01:04:12 ]
कुलमान सरलाई दिनुपर्छ अनिमात्र अाउछ मेलमिलापको पानी।
Suman Shrestha[ 2021-01-13 03:47:15 ]
२५ बर्ष सम्म नेताहरुको भुँडीको प्रेसर नेपाली जनताले थामी सक्यो । अब इन्का भुँडीलाई सियो या चक्कुले घोपेर त्यो प्रेसर निकाल्ने समय भएन र ।
सम्राट के सि[ 2021-01-11 05:34:23 ]
एउटि डाम्निले ७७ साल साउन मा मेलाम्ची आउछ भन्थी महिले ७७ होइन ७८ साउन मा पनि आउदैन भन्देको तेस्का झोलेहरुले बिरोध गरे मेरो
Navaraj Nijar[ 2021-01-11 03:05:39 ]
सबै पेसर नेताकाे भुडिमा खाेज्नुस्न।
Gokul Sing[ 2021-01-10 03:20:04 ]
खोल्तिमा भनिदिए हुन्थ्यो नि भन्न नि नहुने कस्तो खाल्को इन्जिनियरिङ्ग होइछ त ?
Sudeep Shrestha[ 2021-01-10 03:36:37 ]
Prachanda ko buhari lai sodhnu parcha. Mantri???
NaRayan Thapa[ 2021-01-12 05:28:14 ]
Belaima pisab ferna na paye paxi pressure ta hune nae vayo ne 😂
Kubo Sky[ 2021-01-10 10:51:09 ]
पहिला कि कमाउनिस्ट मन्त्रिणी ले चरम ब्रमलुट गरि र निक्लिएर गई
Bishal Pun[ 2021-01-11 03:08:22 ]
अब भुपु मन्त्री ज्युहरुलाई खोजेर सोध्नी पर्यो
Chandra Gurung[ 2021-01-10 11:51:05 ]
सके सम्मा मेलम्चिकाे खबर नलेखे राम्रो अजै दशबर्ष अाउदैन किनकी याे सबै बाेडिङ पानी भेपारीकाे खेलहाे
Binod Ale[ 2021-01-10 03:33:13 ]
Parchanda ko buhari lai sodhna parxa ?
Junz Rupace[ 2021-01-13 10:10:15 ]
Bina mahar lay janyuda ma padhya engineering design approve garya hola
Sunil Thapa[ 2021-01-11 10:54:43 ]
Prachand ko buhaari lai sodha
Bivek Pakuwal[ 2021-01-12 03:39:13 ]
Bina je lai tha hola
जग्दिश थापा[ 2021-01-11 07:31:13 ]
Bina didi la vanna sakchin..kuputri
Roshan Mainali[ 2021-01-13 08:47:03 ]
Melamchi is a scam
Suraj Rajbhandari[ 2021-01-13 02:12:40 ]
2080 tira aaula Ghar ma pani
Dipendra Poudyal[ 2021-01-13 12:27:44 ]
Khoi Khoi
Narendra Gurung[ 2021-01-12 11:38:54 ]
Haina nepal ma engineer haru lai kaam garna aaudaina ki kya ho
Buddhi Rana[ 2021-01-12 09:04:19 ]
Raj Gurung[ 2021-01-11 12:01:57 ]
Bina magarlai tesai lakheteko hora afnai election areama? Janatale sabai herirahekochhani kasle k kasto kam garirahekochha bhanera
Chandra Manandhar[ 2021-01-11 10:09:36 ]
Pressure gate ko chapter padne bela engineer absent vayo.. :D :D :D
Surya Nembang[ 2021-01-11 07:06:07 ]
Bechera khayo
Ratna Thapa Magar[ 2021-01-11 03:34:13 ]
Aajhai 5 barsa lagne rahex ..melamchi ko pani piuna 🤔🤔🤔😏😏😏