आइएमई पेको नयाँ वर्ष अफर, मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

बिजमाण्डू
२०७७ पुष १७ गते १३:५८ | Jan 1, 2021
आइएमई पेको नयाँ वर्ष अफर, मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

Tata
GBIME

काठमाडौं। आइएमई पेले अंग्रेजी नयाँ वर्षका अवसरमा मोबाइल वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यास ब्याक अफर ल्याएको छ।

कम्पनीका अनुसार क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य छ।

कम्पनीले प्रत्येक उपयोगकर्ताले सय रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउने जनाएको छ। विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यास ब्याक नपाउने कम्पनीले जनाएको छ। कम्पनीले पूर्ण विवेकाधिकारमा कुनै पूर्व सूचना बिना परिवर्तन र संशोधन र वा फिर्ता लिने अधिकार राख्नेछ।