माछापुच्छ्रे बैंक र गंगालाल ह्दयरोग केन्द्रबीच सम्झौता, केन्द्रका कर्मचारीलाई सरल बैंकिङ सेवा

बिजमाण्डू
२०७७ पुष ६ गते २०:३३ | Dec 21, 2020
माछापुच्छ्रे बैंक र गंगालाल ह्दयरोग केन्द्रबीच सम्झौता, केन्द्रका कर्मचारीलाई सरल बैंकिङ सेवा


Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंक र शहीद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले हस्ताक्षर गरे।

सम्झौतापछि केन्द्रमा आबद्ध कर्मचारीलाई बैंकले सरल र सहज बैकिङ सेवा दिनेछ। बैंकले आफ्ना सबै शाखाबाट केन्द्रमा कार्यरत कर्मचारीलाई निक्षेप खाता, कर्जा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने जनाएको छ।