नियामकले कारवाही गर्ने चेतावनी दिएपछि टोल फ्री नम्बर सुचारु गर्ने आइएसपी २७ पुगे

बिजमाण्डू
२०७७ मंसिर ४ गते १५:४६ | Nov 19, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। उपभोक्ताको गुनासो सम्बोधन गर्न शुल्क नलाग्ने टोल फ्री नम्बर सुचारु गर्ने इन्टरनेट सेवा प्रदायक (आइएसपी)को संख्या २७ पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले पाँच महिनाअघि आइएसपीहरुले दिने सेवा सम्बन्धमा उपभोक्ताहरुको गुनासो साथै आवश्यक सहयोग र मर्मत (सपोर्ट एण्ड मेन्टेनेन्स्) का लागि टोल फ्री नम्बर सुरु गर्न निर्देशन दिएको थियो।

निर्देशनसँगै निःशुल्क नम्बर सञ्चालन गर्ने आइएसपीको संख्या बढ्दै गएको छ।  

टोल फ्री नम्बर सुचारु गर्नेमा वर्ल्डलिंक, भायनेट, सुबिसु,  क्लासिक टेक, मर्कन्टाइल, नेपाल टेलिकमसहित अन्य २१ वटा आइएसपीहरु रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको निर्देशन पालना नगर्ने आइएसपीहरुलाई दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही गर्ने जनाएको छ। प्राधिकरणले मासिक रूपमा निकाल्ने पछिल्लो एमआइएस रिपोर्टलाई आधार मान्दा देशभर करिब ४० वटा आइएसपीहरुले सक्रिय रूपमा इन्टरनेट सेवा दिइरहेको देखिन्छ।