कोभिडबाट प्रभावित उद्योगको अध्ययन गर्न तयार भयो प्रश्नावली, एक महिनाभित्र भरेर पठाउनुपर्ने

बिजमाण्डू
२०७७ कात्तिक १८ गते १२:५५ | Nov 3, 2020
कोभिडबाट प्रभावित उद्योगको अध्ययन गर्न तयार भयो प्रश्नावली, एक महिनाभित्र भरेर पठाउनुपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले कोभिड-१९ बाट समस्यामा परेका उद्योगलाई राहत दिन अध्ययन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडबाट प्रभावित भएका उद्योगलाई राहत दिन अध्ययन गर्न लागेको हो।

मन्त्रालयले अध्ययनका लागि साना, मझौला र ठूला गरी सबै प्रकारका उद्योगका लागि हुनेगरी अध्ययनका लागि प्रश्नावली तयार पारेको छ। त्यो प्रश्नावलीमा आफ्नो उद्योगमा कोभिडले पारेको प्रभावसहितका उत्तर लेखेर पठाउनुपर्नेछ।

कोभिडबाट बन्दाबन्दीको समयदेखि हालसम्म कति समय संचालनमा रह्यो? बन्दाबन्दीको समयदेखि हालसम्म उद्योगको उत्पादनमा के कति प्रतिशतले गिरावट आयो? कोभिडले उद्योगका कच्चा पदार्थ र उत्पादनमा के कस्तो असर पर्‍यो? भन्ने लगायतका प्रश्नको उत्तर भरेर एक महिनाभित्र पठाउनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगहरुको अवस्था हेरेर राहत नीति तर्जुमा गर्न अध्ययन गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए।

उनका अनुसार कोभिड प्रभावित उद्योग अध्ययन गरी कुन किसिमको राहत उपलब्ध गराउने या राहत आवश्यक नपर्ने विषय टुंग्याउनेछ। उद्योगीले यो अध्ययनमा माग लिँदा आफ्ना उद्योगमा परेका समस्याहरुको खुलाउन सक्नेछन्। यस्तै कस्तो किसिमको राहतको व्यवस्था गर्दा उद्योगले पुन गति लिन सक्छ भन्ने कुरा खुलाउन सक्नेछ।