जनकपुरमा आइपुग्दै नेपालको रेल, नयाँ रेल हेर्न बिहानैदेखि स्टेसन वरपर सर्वसाधारणको भिड




जनकपुर। नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट आज जनकपुर आइपुग्ने भएको छ।

लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानैदेखि मानिसहरु रेल स्टेसनमा भेला भएका छन्। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलको प्रतीक्षा गरिरहेका देखिन्छन्।

TaTa
TVS

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। भोलि (शनिबार) भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ।

जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुई सेट डेमु ट्रेन खरिद गरेको हो। रेल आइपुगेपछि जयनगरमा राखिनेछ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell