ग्लोबल आइएमई समुन्नत योजना-१ ले तोक्यो बुक क्लोज, लााभांश बाँड्ने

बिजमाण्डू
२०७७ भदौ ३१ गते ०९:४१ | Sep 16, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं।  योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलद्धारा संचालनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना-१ ले प्रतिफल वितरणको लागि बुक क्लोजको मिति तय गरेको छ।

योजनाले असोज ९ गते सेयरधनी इकाइ दर्ता कित्ताब बन्द गर्न लागेको जानकारी दिएको छ।

योजनाले गत आवको नाफाबाट इकाइधनीलाई ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्न लागेको हो। 

उक्त लाभांश असोज ८ गतेसम्म कायम सेयरधनीहरुले पाउने बताइएको छ। योजनको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।