सनराइज बैंकले डेविट र क्रेडिट कार्डमा ग्रिनपिन सेवा सुरु गर्‍यो, पहिलाभन्दा सुरक्षित हुने

बिजमाण्डू
२०७७ भदौ २८ गते २०:०० | Sep 13, 2020
सनराइज बैंकले डेविट र क्रेडिट कार्डमा ग्रिनपिन सेवा सुरु गर्‍यो, पहिलाभन्दा सुरक्षित हुने

Tata
GBIME

काठमाडौं। सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको छ। 

अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ। ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंककोे एटीएममा हाल्नेबितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिनपिन प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार सम्बन्धित व्यक्तिको मोबाइलमा पिन जाने भएकाले यो सुविधा पहिलेभन्दा अझै सुरक्षित हुनेछ।

कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनः कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले बैंकका कुनै पनि शाखामार्फत निवेदन दिएपछि तत्कालै कागजविहीन ग्रिन पिन सेवा पाउने बैंकले जनाएको छ।