खोकना विवादले फास्ट ट्रयाकको भौतिक प्रगति ४२ प्रतिशत मात्रै, काम रोकिएपछि सेना असन्तुष्ट


काठमाडौं। प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन्।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका हुन्।

Sipradee
Sanima Bank
TVS

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए।

खोकनाको समस्याले गम्भीर बनाएको पनि उनले बताए। थापाले भने, ‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ। त्यसको पछाडि जनताको मात्रै समस्या हो कि अरु पनि कारण छन्? ती कारणहरुको पछाडि जानुपर्ने महशुस भएको छ।’

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे। देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्नेतर्फ ध्यान दिन उनले आग्रह गरे।


Share this Story

   

Bhupendra Prasad Giri[ 2020-08-01 03:24:30 ]
Mato ra savyeta ko hatya nagarna ma NEPALI sena lai ANURODH gardachu,bikas ko nauma binas kasori huncha bhanne kura.....30 barsa aghi ko Kathmandu ra concrete jungle lai hernus. Tapain swayam baseko Army office le tundikhel lai kasori tahas nahas tulyayo tyo hernus. Bato banauna reroute garnus.


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell