एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपिओ आजदेखि, सर्वसाधारणलाई ३१ लाख ६० हजार कित्ता

बिजमाण्डू
२०७७ साउन १६ गते १०:२० | Jul 31, 2020
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आइपिओ आजदेखि, सर्वसाधारणलाई ३१ लाख ६० हजार कित्ता

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि  आइपिओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निष्कासन गरेको हो । 

कम्पनीले निष्कासन गरेको कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको गरी बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  

कम्पनीले हाल कायम जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी ७९ करोड २८ लाख ७७ हजार छ । बिक्री गर्न लागेको आइपिओ वितरणपछि सो पुँजी एक अर्ब १३ करोड २६ लाख भन्दा बढी पुग्नेछ । 

आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा साउन २१ गते हुनेछ भने ढिलोमा भदौ ३ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ। आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ। कम्पनीको आइपिओ बिक्रीपछि नेप्सेले नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।