खुलेको ३९ मिनेटमै सेयर कारोबार बन्द, २ प्रतिशतले घट्यो, ७४ कम्पनीका ३६ लाख रुपैयाँको किनबेच

बिजमाण्डू
२०७७ बैशाख ३१ गते ११:५८ | May 13, 2020
खुलेको ३९ मिनेटमै सेयर कारोबार बन्द, २ प्रतिशतले घट्यो, ७४ कम्पनीका ३६ लाख रुपैयाँको किनबेच

काठमाडौं। खुलेको ३९ मिनेटमै सेयर बजार दुई प्रतिशतले घटेपछि बुधबारका लागि कारोबार बन्द गरिएको छ। सूचक १२०१.५७ अंकमा झरेको छ।

Tata
GBIME

सूचक २४.५८ अंकले घट्दा कारोबार रकम भने ३६ लाख १३ हजार रुपैयाँमै समेटिएको छ। सबै उपसूचकहरु ओरालो लागेको छ। बैकिङ समूह साढे २५ अंकले ओर्लिएको छ भने जीवन बीमा १३० अंकले तल आएको छ। 

जम्मा ७४ कम्पनीको सेयर कारोबार भएको छ। कुल २११ वटा कारोबारमा १० हजार ५२६ कित्ता सेयर किनबेच भएको हो।

चैत ११ गतेबाट बन्द भएको सेयर कारोबार हिजोबाट खुलेको हो। हिजो पनि २५ अंक अर्थात २ प्रतिशतले घटेपछि कारोबार बन्द गरिएको थियो। लकडाउनलाई ध्यानमा राख्दै सूचक २ प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने बोर्डले ब्यवस्था गरेको छ। त्यही अनुसार आजका लागि कारोबार बन्द गरिएको हो।