अर्थको मुख ताक्दा सेयर बजार बन्द गर्ने निर्णय गर्न सकेन बोर्डले, ‘साँझ मात्रै थाहा हुन्छ’

बिजमाण्डू
२०७६ चैत्र ९ गते ११:२० | Mar 22, 2020
अर्थको मुख ताक्दा सेयर बजार बन्द गर्ने निर्णय गर्न सकेन बोर्डले, ‘साँझ मात्रै थाहा हुन्छ’



काठमाडौं। धितोपत्र बोर्डले अर्थमन्त्रालयको 'ग्रिन सिग्नल' पर्खिँदा आइतबार सेयर बजार खुलेको छ। 

Tata
GBIME
Nepal Life

शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले 'सेयर बजार अत्यावश्यकीय क्षेत्र नभएकाले बन्द गरिने' बताएका थिए। उनले अर्थमन्त्रालयबाट निर्देशन नआएकाले बजार बन्द गर्ने निर्णय गर्न सकेनन्।

बजारका बारेमा के  गर्ने भनेर आइतबार बिहान नेपाल स्टक एक्सचेञ्ज र बोर्डको सञ्चालक समिति बैठक थियो। 

नेप्सेले कारोबार बन्द गर्नका लागि बोर्डले निर्देशन दिनु पर्ने कानुनी ब्यवस्था छ। नेप्सेलाई बोर्डले निर्देशन नदिएका कारण आइतबार बजार खुल्यो। 'हामीले बोर्डसँग कुरा गरेका थियौं। उताबाट आज एक दिन हेरेर साँझतिर आवश्यक निर्णय लिने जबाफ आएको छ' नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, 'अब बन्द गर्ने नगर्ने भरै निर्णय हुन्छ।'

सरकारले २५ जनाभन्द बढि भेला हुन नपाइने निर्देशन दिएको छ। सेयर कारोबार हुने ब्रोकर कार्यालयमा भिडभाड हुन्छ। 

भिडभाडलाई देखाएर बजार बन्द गराउन खोजिएको एकखालका लगानीकर्ताले बताएका छन्। भिडभाड नहुने गरी अनलाइन कारोबार गर्न सकिन्छ भन्ने उनीहरुको तर्क छ। बजारै बन्द गर्नु समाधान नभएको उनीहरु बताउँछन्। अर्काथरीको चिन्ता कोरोनाको असरले गर्दा सेयरमा पहिरो जान्छ। त्यही भएर बन्द गर्नु पर्छ।