बैंक वित्तीय संस्थाका कर्मचारी सेवा विनियमावलीको नयाँ ढाँचा, परिवारका सदस्यलाई जागिर

बिजमाण्डू
२०७६ चैत्र १ गते १२:१४ | Mar 14, 2020


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवा विनियमावलीको ढाँचा सार्वजनिक गरेको छ। पुरानै ढाँचामा केही फेरबदल गरेर नयाँ ढाँचा प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life

अब बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति लिएर आफ्नो कर्मचारी सेवा विनियमावली तयार पार्नु पर्छ।

राष्ट्र बैंकको प्रस्तावित ढाँचाअनुसार बैंक तथा वित्तीय संस्थाले सांगठनिक संरचना तथा कर्मचारी नियुक्ति प्रकृया अगाडि बढाउनु पर्ने छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार पद विभाजन र नामकरण गरी प्रमुख चार श्रेणीमा कर्मचारी नियुक्त तथा पदस्थापन गर्न सक्ने छन्।

ब्यवस्थापकीय श्रेणी, अधिकृत श्रेणी, सहायक श्रेणी र सहयोगी श्रणीमा  पद विभाजन गर्न सक्ने छन्। बैंकहरुले करारमा पनि कर्मचारी राख्न पाउने छन्। तर बैंकको प्रमुख कार्यहरु सम्पादन गर्ने गरी करार वा ज्यालादारी तथा आकस्मिक रोजगारीमा लगाउन पाउने भने छैनन्।

बैंकमा जागिर खान कम्तिमा १८ बर्ष पुरा भएको हुनु पर्छ। ४० नाघेकालाई कर्मचारी नियुक्त गर्न पाइँदैन। महिलाको हकमा भने ४५ बर्षसम्मकालाई जागिरमा राख्न पाइने छ। यो भनेको बढिमा ब्यवस्थापकीय श्रेणीसम्मलाई मात्र हो।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कुनै कर्मचारीको मृत्यु वा स्वास्थ्यगत आधारमा अवकाश भए उसको पति वा पत्नि तथा अविबाहित छोरा वा छोरीलाई सहायक श्रेणीमा जागिर दिन सकिने भएको छ। यसमा तोकिएको योग्यता र नियुक्ति सम्बन्धि कार्यविधि लागु हुँदैन।

विश्वविद्यालयको सम्बन्धित तहको परीक्षा उत्तिर्ण गरेका ब्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले ब्यवस्थापन प्रशिक्षार्थीमा भर्ना गर्न पाउने छ। उनीहरुको काम राम्रो भए उसलाई सहायक अधिकृत वा बरिष्ठ सहायक पदमा स्थायी नियुक्त दिन सकिने भएको छ। 

 

DV.load(“https://www.documentcloud.org/documents/6810196-Employee-Bylaws.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-6810196-Employee-Bylaws”
});