Saurya Cement


नेपालीलाई लाग्यो कतार जान रोक, कोरोनाले लगाइयो प्रतिबन्ध, १४ देशका नागरिक जान नपाउने




काठमाडौं। विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)का अनुसार नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय भएको गल्फ टाइम्सले जनाएको छ। यो निर्णय आज (सोमबार) देखि लागु हुनेछ।

TATA
Safety
Riddhi siddhi Cement

कतार एयरवेजले इटालीको सम्पूर्ण उडान रद्द गरेका बेला त्यहाँको सरकारले थप १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कोरोना भाइरसको रोकथामका लागि यो निर्णय लिइएको बताइएको छ। यसको असर पर्यटक, स्थायी बसोबास गर्ने प्रवासी र कामदार भिसामा आउनेहरुलाई पर्नेछ। कतार नेपाली कामदारको रोजगार गन्तव्य मुलुक हो। कतारको यो निर्णयले नेपाली कामदार पनि प्रभावित हुनेछन्।

कतारले आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न अनुरोध समेत गरेको छ। कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार मात्रै थप ३ जनामा संक्रमण देखिएको थियो।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell