ग्लोबल आइएमई बैंकले र्स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट हुने खेलाडीलाई एक लाख रुपैयाँ दियो

बिजमाण्डू
२०७६ फागुन ७ गते १२:३४ | Feb 19, 2020

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित र्स्पोट्स अवार्डमा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार दिएको छ।

पुरुषतर्फ सर्वोत्कृष्ट भएका प्याराग्लाइडिङ विमल अधिकारी र महिलातर्फ सर्वोत्कृष्ट भएकी निमा गुरुङलाई बैंकले जनही एक लाख रुपैयाँ दिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले चेक हस्तान्तरण गरे।