एक सय ८४ पुल समस्याग्रस्त, सडक विभाग भन्छ- ९६ मा कारण निर्माण व्यवसायीको लापरवाही




   

काठमाडौं। देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन्। रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइएको छ।
     
निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ। स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ। कहिलेकाहीँ प्रक्रियागत तथा मौसम लगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभागको पुल महाशाखाले जनाएको छ ।

 
निर्माणाधीन पुलमध्ये ९६ वटा निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ। तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताए। उनले भने, 'निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आइएको छ।'

    
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ। हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ। ६० सडक पुल निर्माणाधीन छन्। मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ। ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन।

TATA
Sanima Bank
Riddisiddi Cement

    
 रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ। स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ।     


Share this Story

   

एक सय ८४ पुल समस्याग्रस्त, सडक विभाग भन्छ- ९६ मा कारण निर्माण व्यवसायीको लापरवाही को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell