सानिमा बैंकले ल्यायो नारी बचत खाता ल्यायो, डेबिट कार्ड भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

बिजमाण्डू
२०७६ माघ २९ गते १८:१६ | Feb 12, 2020
सानिमा बैंकले ल्यायो नारी बचत खाता ल्यायो, डेबिट कार्ड भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

Tata
GBIME

काठमाडौं। सानिमा बैंकले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ।

“बचत आफ्नो लागि सहयोग नारीको लागि”भन्ने उद्देश्यसहित ल्याएको योजनामा बैंकले आफ्नो तर्फबाट मासिक रुपमा एक रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ। महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीको हितमा प्रयोग हुने बैंकले दाबी गरेको छ।

बैंकले नगदरहित कारोबारका लागि डेबिट कार्डबाट विल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्यासब्याक वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ। हरेक महिना सामान खरीदमा दुई हजारसम्म बचत गर्न सकिने बैंकले जनाएको छ।