पहिलोपटक पुनर्कर्जा कार्यविधि ल्यायो राष्ट्र बैंकले, योगदान पुर्‍याउने क्षेत्रले पाउने

बिजमाण्डू
२०७६ पुष २९ गते १५:५६ | Jan 14, 2020
पहिलोपटक पुनर्कर्जा कार्यविधि ल्यायो राष्ट्र बैंकले, योगदान पुर्‍याउने क्षेत्रले पाउने


काठमाडौं। निक्कै समयदेखि पुनर्कर्जा उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले पहिलोपटक यस सम्बन्धि कार्यविधि जारी गरेको छ। 

Tata
GBIME
Nepal Life

अहिलेसम्म सामान्य 'सहमति' मा चल्दै आएको पुनर्कर्जा अब भने कार्यविधिमार्फत अगाडि बढ्ने छ। राष्ट्र बैंकले अहिलेसम्म गरिरहेको प्रक्रिया र केही नयाँ थपेर कार्यविधिलाई लिपिबद्ध गरेको हो। 

पुनर्कर्जा समय समयमा सरकार र राष्ट्र बैंकले तोके बमोजिम विभिन्न शीर्षकमा वर्गीकरण हुने छ। यसको ब्याज दर राष्ट्र बैंकले नै तोक्ने छ।

पुनर्कर्जा कसरी लिने, कस्तो कस्तो कागजपत्र आवश्यक पर्छ भनेर पनि कार्यविधिमा उल्लेख गरिएको छ। यसअघि बैंकहरुले भनेको कुरा ऋणीले पत्याउनु पर्दथ्यो भने अब आफैँले कार्यविधि पल्टाएर प्रक्रियाका बारेमा बुझ्न सकिने भएको छ।

कर्जामा स्व: लगानी अनुपात न्यूनतम ८०:२० प्रतिशत हुनु पर्छ। अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्योगले मात्रै पुनर्कर्जा पाउने छन्। असल कर्जाको धितोमा मात्र पुनर्कर्जा पाइने छ। असल नै भएपनि अधिविकर्ष, हायर पर्चेज तथा अन्य चालु पुँजी प्रकृतिका कर्जाको धितोमा साधारण पुनर्कर्जा प्रदान गर्न पाइँदैन। प्राथमिक पुँजीको २५ प्रतिशत मात्र ऋण पाइने छ।