मध्यभोटेकोशीले प्रभावित र सर्वसाधारणलाई सेयर दिँदै, नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता

बिजमाण्डू
२०७६ पुष २९ गते १४:४८ | Jan 14, 2020
मध्यभोटेकोशीले प्रभावित र सर्वसाधारणलाई सेयर दिँदै, नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता

Tata
GBIME

काठमाडौं। मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर वितरणका लागि नागरिक लगानी कोषसँग  प्रत्याभूति सम्झौता गरेको छ ।

मंगलबार भएको सम्झौता अनुसार सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी गर्ने बताइएको छ।

यसैगरी सर्वसाधारणका १५ प्रतिशतको ९० लाख कित्ता गरी १५ प्रतिशतका दरले हुन आउने १ करोड ५० लाख कित्ता सेयर जारी गर्ने भएको छ । एक अर्ब ५० करोड बराबरको उक्त सेयर मूल्यको प्रत्याभूतिका लागि आयोजनाले कोषसँग सम्झौता गरेको हो ।

 आयोजनाका कार्यकारी अधिकृत मणिकुमार दाहालका अनुसार संस्थापक सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको छ ।

बाँकी ४९ प्रतिशत (२ करोड ९४ लाख कित्ता) मा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत (१ करोड १७ लाख कित्ता), संस्थापक कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरि २४ प्रतिशत (१ करोड ४४ लाख कित्ता) प्रथम चरणमा निष्कासन गरिएको थियो । 

उक्त सेयर पुस ४ गते सम्ममा बाँडफाट भइसकेको छ । दोस्रो चरणमा प्रभावित क्षेत्र र सर्वसाधारणका लागि सेयर निष्कासन हुन लागेको हो ।