वीरगंजका १० युवाको ‘ब्रदर ग्रुप’ले पुरुष पार्लरको दोस्रो शाखा खोल्यो, पढाईसँगै बने उद्यमी

बिजमाण्डू
२०७६ पुष २२ गते १३:५८ | Jan 7, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। एक वर्ष अघि बीरगंजको घण्टाघरमा सञ्चालनमा आएको द ब्रदर ग्रुपको पुरुष पार्लरले वीरगंजको पानीटंकी चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

तरुण दल बाराका अध्यक्ष  लुकेश सिंहले पार्लरको उद्घाटन गरे। उनले यो पार्लर युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने राम्रो उदाहरण भएको बताए ।

सानो सानो काम गर्न नेपालमा नचाहने तर विदेश गएमा जस्तोसुकै काम गर्न पनि तयार हुने प्रवृत्ती देखिएको भन्दै युवाहरुको विदेश पलायन रोक्न यस्ता उद्यमहरु आवश्यक भएकव धारणा राखे।

बिबिएस पढ्दै गरेका युवाहरुले दिउँसोको खाली समयमा काम गरेर पढाई खर्च जुटाउनकालागि जेन्ट्स पार्लरको अवधारणा ल्याएका थिए।
पार्लरमा मसाज, कपाल काट्ने, कलर गर्ने, मेकअप लगायत सबै खाले सुविधा रहेको पार्लरका प्रोप्राइटर रिशाल रमन शाहले जानकारी दिए । उनले पार्लरबाट अत्याधुनिक प्रविधिमार्फत सेवा दिइने बताए।

दैनिक दश हजारसम्म को कारोबार हुने पार्लरको मासिक १ लाखदेखि २ लाखसम्म खुद मुनाफा हुने गरेको पनि उनले बताए । आम्दानी  ग्रुपमा सहभागीहरुले भागबन्डा लगाउने गरेका छन् ।

द ब्रदर ग्रुपमा विपनी गुप्ता, राजेश ठाकुरलगायत विविएस अध्ययन गर्दै गरेका दशजना युवाहरुले रोजगारी पाएका छन् ।

पहिलेको पार्लरमा ११ लाख र हाल सञ्चालनमा आएको सैलुनमा १८ लाख गरी कुल २९ लाख लगानी गरिसकको समुहले जनाएको छ । दुबै पार्लरको कारोबार राम्रो हुदै गएपछि सैलुनको थप चेन काउन्टर थप्दै जाने उनीहरुले बताएका छन्।