जनता गाभेपछि ग्लोबल आइएमइ देशकै ‘नम्बर वान’ बैंक

बिजमाण्डू
२०७६ मंसिर २ गते ११:२७ | Nov 18, 2019
जनता गाभेपछि ग्लोबल आइएमइ देशकै ‘नम्बर वान’ बैंक


Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई र जनता बैंक नेपालले सोमबार 'बिग मर्जर' को अन्तिम अनुमति शेयरधनीसँग लिँदैछन्। साधारणसभाले मर्जरको विशेष प्रस्तावलाई पारित गरेपछि जनता विलय भएर 'ग्लोबल आइएमई' सबैभन्दा ठूलो बैंक बन्ने छ। 

अहिले नाफामा सबैभन्दा अगाडि राष्ट्रिय बाणिज्य, नबिल बैंक, एनआईसी एशिया बैंक छन्। मर्जरपछि नाफामा ग्लोबल आइएमइले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्ने छ। अहिले नाफामा ग्लोबल स्थान ७औं स्थानमा छ भने जनता २५औं स्थानमा। 

नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमइ 'नम्बर वान' बैंक बन्ने छ। पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायतका सूचकमा बैंकलाई बाँकी सबैलाई पछि पार्ने छ। 

अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय बाणिज्य र नबिल बैंक छन्। निक्षेपमा पनि सबै बैंकभन्दा अगाडि ग्लोबल हुनेछ। 

अहिले चुकता पूँजीका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ। मर्जरको सिनर्जीले ग्लोबललाई अगाडि धकेल्ने छ। 

ग्लोबलसँग जनताको शेयर आदनप्रदान अनुपात १०० कित्ता बराबर ८५ कित्ता छ। यस आधारमा जनताको तर्फबाट प्रति शेयर १५ रुपैयाँ जगेडा कोषमा जाने छ। यस्तो रकम एक अर्ब २७ करोड रुपैयाँ हुने छ। मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ। 

विवरण (असोज मसान्त) ग्लोबल आइएमई जनता बैंक मर्जपछि
हालको चुक्ता पूँजी(रु.०००) 10436515 8000785.925 18437300.93
बोनस पछि चुक्ता पूँजी(रु.०००) 11767170.66 8480833.081 20248003.74
स्वाप रेसियोका आधारमा पूँजी(रु.०००) 11767170.66 7208708.118 18975878.78
जगेडा कोष(रु.०००) 4013227 1,854,569 5,867,796
कर्जा लगानी(रु.०००) 118487180 68,598,842 187,086,022
निक्षेप संकलन(रु.०००) 128990233 75,039,051 204,029,284
नाफा(रु.०००) 753144 366922 1120066
शाखा कार्यालय 150 142 292
एटिएम 150 111 261
शाखा रहित बैंकिङ सेवा केन्द्र 194 50 244
एक्सटेन्सन काउन्टर 30 3 33
कर्मचारी 1750 1,450 3,200

के भइरहेको छ तयारी
दुबै बैंकले मर्जरको प्रकृया सकेर मंसिर अन्तिमसम्ममा एकिकृत कारोबार गर्ने योजना बनाएका छन्। सोमबार साधारणसभाबाट पारित भएपछि दुबै बैंकले एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकसँग अन्तिम स्वीकृति लिनु पर्ने हुन्छ। राष्ट्र बैंकले अनुमति दिएपछि एकिकृत कारोबार सुरु हुने छ। 

अहिले मर्जरका लागि आन्तरिक काम भइरहेको छ। कर्मचारी समायोजन गर्नेदेखि शाखाको व्यवस्थापनसम्मको काम भइरहेकोछ । मर्जपछि ४५ शाखा दोहोरिने छन्। 

दोहोरिएका शाखामध्ये जनताका २० वटा शाखा ग्लोबलमा गएर मर्ज हुनेछ। ग्लोबलका ९ वटा शाखा जनातामा मर्ज हुने छन्। बाँकी १६ वटा शाखालाई हालकै अवस्थामा सञ्चालन गर्ने योजना बनाइएको बैंकले जनाएको छ। 

शाखाहरुलाई भोलिका दिनमा आवश्यकता अनुसार स्थानान्तरण गर्दै लैजाने योजना छ। 

हाल ग्लोबल आइएमईका लगभग १७ सय ५० जना र जनताको १४ सय ५० जना कर्मचारी छन्। मर्जपछि कर्मचारीको संख्या ३२ सय पुग्ने छ। कर्मचारी समायोजन समान हैसियतमा हुनेछ। 

बैंकर्स संघले गरेको भद्र सहमतिका कारण निक्षेपतर्फको ब्याज दर समान छ। ऋणको ब्याज दर आधार दर तलमाथि भएका कारण केही असमान छ। ऋणीको हकमा भने अहिले जे छ त्यही गर्ने दुबै बैंकको सहमति छ। पछि कायम हुने आधार दरअनुसार ऋणको ब्याज दर थपघट गरिने छ।

हाल जनताले 'फ्लेक्स क्युव' सफ्टवेयर प्रयोग गरिरहेको छ भने ग्लोबल आइएमईले फिनाकल। जनता र ग्लोबल आइएमईको सहकार्यमा जनाताका कर्मचारीहरुलाई फिनाकल चलाउने तालिम प्रदान गरिरहेको छ। हरेक शुक्रबार र शनिवार सफ्टवेयरको तालिम दिएर कर्मचारीहरुलाई अभ्यस्त बनाउने काम भैरहेको छ। 

कर्जा लगानी तथा निक्षेप संकलको हिसावले बैंकको स्थान

क्र.स. कर्जा लगानी क्र.स. निक्षेप संकलन
1 GIBL & JBNL 193215813 1 GIBL & JBNL 204,029,284
2 NICA 162438773.6 2 RBB 187,369,477
3 RBB 147742001.5 3 NICA 179,240,486
4 NABIL 141890122 4 NABIL 172,994,871
5 NIBL 134592088 5 NIBL 151,289,259
6 EBL 116036527 6 EBL 134,744,985
7 NMB 114584281 7 ADBL 123,546,787
8 ADBL 112794359 8 NMB 121,912,673
9 SBL 112565273 9 SBL 118,408,239
10 HBL 102447740 10 HBL 115,480,393
11 NBL 96945929 11 NBL 114,798,221
12 PRABHU 95781128 12 PRABHU 106,469,356
13 NSBI 95647273.2 13 NSBI 99,707,052
14 MBL 86340082 14 Sanima 95,921,772
15 Sanima 85988635 15 MBL 91,273,348
16 Prime 82174381 16 BOKL 85,777,787
17 KBL 80567642 17 LAXMI 82,205,702
18 LAXMI 80105904 18 MEGA 79,895,702
19 BOKL 76152323 19 Prime 78,594,932
20 MEGA 74341841.03 20 KBL 78,302,899
21 SRBL 73815315 21 SRBL 77,894,666
22 CZBIL 69048088 22 SCB 75,862,665
23 NCC 65696136 23 CZBIL 72,439,177
24 CCBL 60768087 24 NCC 66,023,589
25 NBB 57944933 25 CCBL 61,249,160
26 SCB 54280075 26 NBB 59,379,958
27 CIVIL 46031956 27 CIVIL 42,919,226

 

नाफाका हिसावले मर्ज अगाडि र पछाडि बैंकको स्थान   
क्र.स मर्ज अगाडिको नाफा क्र.स मर्ज पछिको नाफा
1 RBB 1127537 1 RBB 1127537
2 NABIL 1123586 2 NABIL 1123586
3 NICA 1009605 3 GIBL & JBNL 1120066
4 NIBL 844420 4 NICA 1009605
5 NMB 815136 5 NIBL 844420
6 GBIME 753144 6 NMB 815136
7 HBL 694221 7 HBL 694221
8 EBL 690869 8 EBL 690869
9 PRIME 659768 9 Prime 659768
10 SCB 644112 10 SCB 644112
11 PRABHU 628466 11 PRABHU 628466
12 ADBL 607344 12 ADBL 607344
13 SANIMA 593601 13 Sanima 593601
14 NBL 581822 14 NBL 581822
15 SBL 521439 15 SBL 521439
16 SRBL 454366 16 SRBL 454366
17 MEGA 437407.9 17 MEGA 437407.9
18 NSBI 437231 18 NSBI 437231
19 NBB 402520 19 NBB 402520
20 KBL 401989 20 KBL 401989
21 LAXMI 401946 21 LAXMI 401946
22 BOKL 383724 22 BOKL 383724
23 MBL 376005 23 MBL 376005
24 CCBL 370815 24 CCBL 370815
25 JBNL 366922 25 CZBIL 349170
26 CZBIL 349170 26 NCC 340342
27 NCC 340342 27 CIVIL 158950
28 CIVIL 158950