व्यवसायी ज्योति पक्राउप्रति निजी क्षेत्र बोल्न थाले, चेम्बरको प्रश्न-‘उजुरीको भरमा पक्राउ किन?’

बिजमाण्डू
२०७६ कात्तिक २२ गते २१:०४ | Nov 8, 2019

Tata
GBIME

काठमाडौं। व्यवसायी डा. रुप ज्योति पक्राउप्रति नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ।

अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुप ज्योति र उनको छोरी सुरुचीसहित पक्राउप्रति प्रश्न गर्दै त्यसले निजी क्षेत्र मर्माहत भएको चेम्बरले जनाएको छ।

देशमा ठूला लगानी गरेका र नियमित रुपमा उल्लेखनीय रुपमा राजस्वमा योगदान गरेका उद्यमी/व्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हत्तोसाहित भएर लगानीमैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्ने चेम्बरले जनाएको छ। ज्योति पक्राउ बारेमा नेपाल उद्योग वाणिज्य महासंघले भने आधिकारिक कुनै प्रतिकृया दिएको छैन।