व्यवसायी रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति




काठमाडौं। पूर्वमन्त्री एवं चर्चित व्यवसायी डाक्टर रुप ज्योति सहित छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रवार काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले सात दिने म्याद मागेको भए पनि अदालतले तीन दिनमात्र तोकेको हो।

TaTa
TVS
Sanima

रुप ज्योति र उनकी छोरी सुरुचीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। नेपालका ठूला व्यवसायिक घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।हिजो राति सिल्क एयरबाट नेपाल उत्रिएलगत्तै उनलाई पक्राउ गरिएको हो।


Share this Story

   

व्यवसायी रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell