
काठमाडौं। गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। उनी कुल आचार्यलाई पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।
मध्यपूर्वका गैरआवासीय नेपालीहरुलाई मिलाउन नसक्दा आचार्य हारेको विश्लेषण गरिएको छ। मत गणना सकिए पनि औपचारिक घोषणा भने बाँकी छ।
आचार्य नेपाली कांग्रेसका आधिकारिक उमेद्वार हुन् भने पन्तलाई गगन थापाले समर्थन गरेका थिए।
अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष – बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष – सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव- गौरी जोशी
सचिव – आरके शर्मा
कोषाध्यक्ष- महेश श्रेष्ठ
सह कोषाध्यक्ष- लोक दाहाल