सानिमा बैंकका सिइओ दाहालको एक बर्षको तलव सुविधा कति होला? ७० लाख रुपैयाँ कर तिरे

बिजमाण्डू
२०७६ असोज ३० गते ०९:१० | Oct 17, 2019
सानिमा बैंकका सिइओ दाहालको एक बर्षको तलव सुविधा कति होला? ७० लाख रुपैयाँ कर तिरे

Tata
GBIME

 काठमाडौं। सानिमा बैंकले बुधबार मात्रै बार्षिक साधारणसभा सकेर २१ प्रतिशत लाभांस शेयरधनीलाई उपलब्ध गराएको छ। आकर्षक नाफासँगै आकर्षक लाभांस बाँड्न सफल बैंकका प्रमुख कार्यकारीले चै एक बर्षमा कस्तो सुविधा पाए?

बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्- भुवन दाहाल। उनी पाँच बर्षदेखि सानिमा बैंकमा सिइओको रुपमा कार्यरत छन्। 

बैंकले गत आर्थिक बर्ष सबै तहका कर्मचारीहरुको तलव बढाएको थियो। बैंककै बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार, बैंकले मुनाफा तथा बजार अनुसार कर्मचारीहरुको तलब भत्ता तथा अन्य सुविधाहरु वृद्धि गर्दै आएको छ। यसका अतिरिक्त महँगी तथा बजारलाई समेत ध्यानमा राखि कर्मचारीहरुको तलब भत्ता वृद्धि गरिएको छ।

बैंकले दाहाललाई एक बर्षमा तलब, भत्ता तथा अन्य सुविधाहरु गरेर २ करोड ८ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ। यद्दपी यो सबै पैसा दाहालले घर लैजान पाउँदैनन्। यसैबाट उनले सरकारलाई करिव ३६ प्रतिशत आय कर पनि तिर्नु पर्छ। यस हिसाबले ७० लाख हाराहारी सरकारलाई नै बुझाउनु पर्छ।

 दाहालबाहेक बैंकका अन्य प्रमुख ब्यवस्थापकहरुले ५ करोड २९ लाख ३५ हजार रुपैयाँ तलब, भत्ता तथा सुविधाहरु पाएका छन्।