दशैंले काठमाडौंमा भित्र्याएको खसी, च्याङग्रा र भेडा, खरीद गर्नेको भिडभाड, तस्बीर समाचार

रोजन श्रेष्ठ/बिजमाण्डू
२०७६ असोज १७ गते १४:५६ | Oct 4, 2019

Tata
GBIME

दशैंमा सबैभन्दा धेरै मासुको खपत हुने गर्छ। अष्टमीका दिन बलि दिने प्रचलन पनि छ।

शक्ति पिठहरुमा बलि दिनुका साथै जमरा पूजामा बलि दिने परम्परा रहेकाले खसी, बोका, च्याङ्ग्रा र भेडा काटिन्छन्। च्याङ्ग्रा दशैंकै सिजनमा मात्र काठमाडौंसम्म आइपुग्छ। उच्च हिमाली क्षेत्रमा हुर्किने च्याङ्ग्रा अरु समयमा ल्याइन्न।

बलि दिनकै लागि र मासुका लागि खाद्य संस्थानले समेत खसीबोका काठमाडौं भित्र्याउने गर्छ। कलंकीमा त एउटा बजार नै छ खसीका लागि।

खसीबजारमा अहिले मानिसहरुको भिड हुने गर्छ – विभिन्न नश्ल र जातका खसी, बोका, च्याङग्रा खोज्नेहरुको। काठमाडौं भित्रिएका खसी च्याङ्ग्रालाई रोजन श्रेष्ठले यसरी क्यामरामा कैद गरेका छन् हेर्नुस् –